सर्लाहीको लखनदेखि पुलमुनि अज्ञात युवकको टाउको मात्रै फेला

पर्सा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगपालिका–४, स्थित लखनदेखि पुलमुनि अज्ञात युवकको टाउको मात्रै फेला परेको छ ।

स्थानीयले बिहीबार बिहान खोलाको बगरमा घाँटीबाट छिनाएको टाउको मात्रै देखेपछि प्रहरीमा खबर गरेका थिए । अहिले प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको सर्लाही प्रहरीका सूचना अधिकारी डीएसपी दीपेन्द्र पन्जियार थारुले जानकारी दिए।

डीएसपी थारुका अनुसार घटनास्थलको अवस्था हेर्दा युवकको भर्खरै हत्या भएको जस्तो देखिन्छ । घटनास्थलमा अहिले प्रहरी उपरीक्षक नरेशराज सुवेदी आफै पुगेर अनुसन्धान थालेका छन् ।

युवकको सोही ठाउँमा हत्या भएको वा उत्तरी भेगमा हत्या भएर त्यहाँसम्म बाढीले बगाएर ल्याएको हो भन्ने खुल्न सकेको छैन ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.