जगरनाथपुर गाउँपालिकाकाे ९ औं गाउँ सभा सम्पन्न

अनिल गुप्ता। वीरगञ्ज । पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे ९ औं गाउँ सभा आज (आइतबार) सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षमा सम्पन्न गाउँ सभामा अगामी आर्थिक बर्ष २०८०/०८१ काे लागि ४१कराेड ८८ लाख बराबरकाे नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएकाे छ ।

शिक्षा तर्फ २ कराेड ३५ लाख,२० हजार, स्वास्थ्य तर्फ १ कराेड १३ लाख, कृषि तर्फ ८५ लाख ५५हजार,खानेपानी तथा चपाकल जडानमा ४६५०००० खेलकुद १२ लाख, सामाजिक समावेशीकरणमा १ लाख,वन तथा विपद व्यवस्थापनमा ४लाख ७५ हजार,सोलार सौर्य बत्ती बिजुली जडानमा ४ लाख ३० हजार,मठ मन्दिर तथा मस्जिद सास्कृतिक सम्पदामा १ करोड ४३ लाख, कार्यालय संचालन तथा प्रसासनिक खर्च तथा कर्मचारी को तलब भत्ता ८करोड ७९ लाख ९ हजार एक सय एक, नेपाल सरकारलको सशर्त चालु १६ करोड २६ लाख,नेपाल सरकारलको पुजिगत खर्च ८६ लाख, नेपाल सरकारको समपुरक अनुदान ५० लाख, नेपाल सरकारको विशेष अनुदान ८० लाख , प्रदेस सरकारको समपुरक अनुदान २० लाख, प्रदेस सरकारको विशेष अनुदान ३० लाख गरि जम्मा बजेट ४१ करोड ८८ लाख एक हजार एक सय एक रुपैयाँ को विनियाेजन गरिएकाे छ।

गाउँपालिका अध्यक्ष यादवले अगामी आर्थिक बर्षकाे नीती तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयहरुमा विद्यार्थीहरुलाई ल्याउ, टिकाउ र सिकाउ अभियान संचालन गरिने वताए । उनले विद्यालयलाई आपंगता तथा बालमैत्री बनाइने वताए ।
उनले भने “कक्षा १० का विद्यार्थीहरुकाे लागि अतिरिक्त कक्षा संचालन गरिने छ । एसईईमा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने छात्र/छात्राहरुलाई प्राेत्साहनसहित छात्रवृति प्रदान गरिने छ ।”
अध्यक्ष यादवले गाउँपालिकाबाट प्रवाह हुने सेवा मुस्कानसहित प्रदान गरिने वताए । उनले सासु, ससुरालाई राम्राेसंग स्याहार सुसार गर्ने बुहारीलाई सम्मान गरिने समेत वताए ।

उनले संठिमा रहेको माध्यमिक विद्यालय लाइ अज राम्रो बनाउने तर्फ गाउँपालिका लागेको बताए।प्रत्येक वडाकाे स्वास्थ्य चाैकीमा एमबिबिएस डाक्टरकाे व्यवस्था गरिने र गाउँपालिकामा १५ बेडकाे अस्पताल संचालनकाे लागि संघ र प्रदेश सरकारसंग पहलन गरिने वताए ।
उनले जगरनाथपुुर गाउँपालिकालाई समृद्ध र सुखी बनाउने दिर्घकालीन उद्देश्य अनुरुप आर्थिक सामाजिकविकासको मौलिक ढाँचामा गाउँपालिका अगाडि बढि रहेको वताए ।

जगरनाथपुरमा गाउँपालिका को सन्ठी मा.बि औराहामा ९ औ गाउँ सभा को उदघाटन नेपाली कांग्रेस पर्सा का प्रदेस सभा सदस्य शंकर प्रसाद चौधरी , गा.पा प्रमुख श्रीकान्त यादव ,गा.पा उप प्रमुख बबिता सिंह,गा.पा प्रमुख प्रशासकिय अधिकृत कृष्ण नन्दन राय ले संयुक्त रुपमा दिप प्रज्वलन गरी उदघाटन गरेका थिए ।

गाउँ सभा उद्घाटन सत्र जगरनाथपुर गाउँपालिका का प्रमुख श्रीकान्त यादवको अध्यक्षता तथा नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरी विशिष्ट अतिथि नबिन सिंह, सहरुम राउत गदि, महम्द अफताब आलम,नेपाली कांग्रेस पर्सा क्षेत्र नं ४ का क्षेत्रिय सचिव बलिष्टर अहमद, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपाली प्रसाद कुशवाहा, सुभाष कुमार यादव, प्रभुनाथ प्रसाद नुनिया, बिहारी महताे नुनिया, अयाेध्या प्रसाद कुर्मी , गा.पा का वडा सचिव, कर्मचारी,शिक्षक, बुद्धिजिवीहरुको उपस्थिति रहेकाे थियाे ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.