पर्सा/बाराका ट्राफिक प्रहरी असुलिमा व्यस्त

रोशन निधि/ पर्सा। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र बाराबाट खटिएका ट्राफिक प्रहरीहरु ड्युटी गर्नुभन्दा पनि पैसा कसरी असुल्न सकिन्छ भन्नेतर्फ अग्रसर रहेका छन ।

पर्साको सुख्खा बन्दरगाहदेखि पावरहाउस चोक, लक्षुमणवा चोक, कलैया वीरगंज सडक खण्ड देखि पथलैया सम्म खटिएका ट्राफिक प्रहरी सवारी दुर्घटना न्यूनीकरण गर्न ड्युटीमा खट्नु भन्दा पनि पैसा कसरी असुल्न सकिन्छ भन्ने मनसायले जथाभावी जुनसुकै ठाउँमा छड्के चेकिङ्ग गरेर पैसा असुल्ने काम गर्दै आएको सर्वसाधारणहरुको आरोप छ ।

वीरगञ्जको सु्ख्खा बन्दरगाह स्थित ड्युटीमा खटेका ट्राफिक प्रहरीहरु भारतबाट मालसामान बोकेर आउने ट्रकहरुसँग कागजपत्रको नाममा पैसा असुल्नुको साथै कागजपत्र भएका ट्रकहरुसँग प्रति ट्रक १ सयदेखि १ सय ५० रुपैसासम्म असुल्ने गरेको ट्रक ड्राइभरहरुले बताइएका छन।

त्यसैगरि वीरगञ्जबाट कुनैपनि सामान बोकेर जाने ट्याक्टरहरुसँग पनि पैसा असु्ल्ने गरेको बताइएको छ । त्यसैगरि पावरहाउस चोक स्थित खटेका ट्राफिक प्रहरीहरुले पनि आफ्नो ड्युटी भन्दा पनि चेकजाँचको नाममा मालबाहक ट्रकहरुसँग पैसा असुल्ने काम मात्रै गर्ने गरेको ट्रक चालकहरुको गुनासो छ ।

वीरगञ्ज रजतजयन्ती चोक स्थित खटेका ट्राफिक प्रहरी पनि चेकिङ्गको नाममा पैसा असुली कार्य मात्रै गर्ने गरेका छन् । भारतबाट आउने यात्रुहरुलाई रोकेर कागजपत्र चेकजाँचको नाममा प्रति मोटरसाइकल १ सयदेखि ३ सय रुपैयासम्म असुल्ने गरेका छन् ।

नेपाल भारत ओहरदोहर गर्नेहरुको संख्या हजारौं रहेकोमा नेपाली मोटरसाइकल भन्दा पनि भारतीय मोटरसाइकलहरुलाई रोकेर केही कागजात कम भएपछि उनीहरुसँग अवैध असुली गरेर छाड्ने गरेको बताइएको छ ।

यसैगरि लक्षमण्वा चोकमा कुनैपनि बेला ट्राफिक प्रहरी भेटिँदैन तर जब साँझ पर्छ तब त्यहाँ ट्राफिक प्रहरी चेकजाँचको बहानामा आफ्नो दुकान शुरु गरि हाल्छन ।

सधैं साँझ ७ बजेदेखि ९ बजेसम्म ट्राफिक प्रहरी ड्युटीमा भन्दा पनि पैसा असुल्नमा व्यस्त देखिन्छ । लाइसेन्स नभएका, कागजपत्र नबोकेका मोटरसाइकल चालकहरुसँग चिट काट्नुको सट्टा आधा पैसा कम लिएर विना चिट छाड्ने गरेको बताइएको छ । त्यसैगरि गण्डक चोक स्थित खटेका ट्राफिक प्रहरीले सामान बोकेको ट्याक्टर एवं ट्रकहरुसँग अवैध रुपमा पैसा असुल्ने काम गर्दै आएको छ ।

यतातर्फ यातायात व्यवस्था कार्यालय नारायणी वीरगञ्ज लाइसेन्स शाखाले सवारी लाइसेन्सको लागि संचालन गर्ने ट्रायल सेन्टरमा पनि ट्राफिक प्रहरीको हालीमुहाली त्यस्तै छ । ट्रायलमा फेल भएकाहरुलाई त्यहाँ खटेका ट्राफिक प्रहरीले पास गराईदिन सेटिङ्ग मिलाईदिने काम गर्दै आएको श्रोतको दाबी छ ।

ट्रायल सेन्टरमा ट्रायल दिन जाँदा पहिला नै यात्रुहरुलाई थर्काइदिने, अलमलमा पारिदिने जस्ता कामहरु गरेर फेल गराईदिने र त्यहाँ खट्ने ट्राफिक प्रहरीले लाइसेन्स पास गराईदिनका लागि मोटरसाइकलका लागि प्रति व्यक्ति १५ हजार, चारचक्के सवारीको लागि २५ हजार रुपैयाको सेटिङ्ग मिलाउने गरेको सेवा ग्राहीहरुल! बताइएका छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.