प्रथम मेयर स्व.केशर प्रसाद मानन्धर फुटबल प्रतियोगीता उद्घाटन खेलमा नृसिंह मा.वि विजयी

वीरगन्ज । वीरगन्जका प्रथम मेयर स्वर्गीय केशर प्रसाद मानन्धरको सम्झना फुटबल प्रतियोगीता सुरु भएको छ । उद्घाटन खेलमा नृसिंह मा.वि ४ गोलले विजयी भएको छ । वीरगन्जका प्रथम मेयर स्वर्गीय केशर प्रसाद मानन्धरको सम्झानामा आज आईतबार देखि अन्तर विद्यालय फुटबल प्रतियोगीता सुरु भएको छ ।


वीरगन्ज भेट्रान्स सिटिको आयोजनामा आर्दशनगर रंगशालामा सुरु भएको प्रथम मेयर स्वर्गीय केशर प्रसाद मानन्धर प्रतियोगीताको उद्घाटन वीरगन्ज महानगरपालिकाका उपप्रमुख ईम्तियाज आलमले गर्नु भएको थियो । उनले खेलाडीहरुलाई फुटबल हस्तानान्तर गर्दै र परेवा उडाएर खेलको उद्घाटन गरेका थिए । उद्घाटन खेलमा लिटिल फ्लावर मा.विलाई नृसिंह मा.विले ४ -० गोल अन्तरले पराजित गरेको छ ।


नृसिंह माविका खेलाडी सुरु कै खेलदेखि लिटिल फ्लावर मावि माथी दबाब बनाएको थियो । खेलको पहिलो हाफमा नृसिंह माविका खेलाडी बिष्णु महतोले आफ्नो टिमका लागी एक गोल गर्दै अग्रता दिलाएको थियो ।
पहिलो हाफमा एक गोलले अग्रता कायम गरेका नृसिंह माविले दोस्रो हाफमा थप तिन गोल गरेको थियो । नृसिंह मा.विका बिष्णुले आफ्नो टिमका लागी दुई गोल गरेका थिए ।

उनले सुरु देखि नै उत्कृष्ट प्रदर्शन गरेपछि लिटिल फ्लावर माविका खेलाडी निराश देखेका थिए । उनी आजको खेलमा उत्कृष्ट खेलाडी हुदै म्यान अफ दि म्याच बनेका थिए ।
बिष्णुलाई वीरगन्ज भेट्रान्स सिटिका प्रथम उपाध्यक्ष सागर शमशेर जबरा राणाले म्यान अफ दि म्चाच स्वरुप नगद हस्तानान्तरण गरेका थिए । एक हप्ता सम्म संचालन हुने प्रतियोगीतामा सामुदायिक र निजि गरी १२ वटा विद्यालय सहभागी हुने आयोजक वीरगंज भेट्रान्स सिटीका अध्यक्ष सबिन बस्नेतले बताए ।

उद्घाटन कार्यक्रममा पर्सा जिल्ला फुटकलब संघ पर्साका अध्यक्ष अलिक कलवार , नेपाल फोटो पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ ,नेपाल खेलकुद महासंघ पर्साका अध्यक्ष तिवारी यादव , वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडाअध्यक्ष आशुतोष चर्तुवेदी ३० का वडाअध्यक्ष मनोज कुमार यादव , सिटिजेन ईन्टरनेशनल बैंक मधेश प्रदेशका प्रमुख दिवश सिंह ठकुरी , निशान्त लामिछाने , युवा नेता सरोज यादव लगायतकाको उपस्थिति रहेको थियो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.