वीरगञ्ज । निजि तथा आवासीय विद्यालय अर्गनाईजेशन प्यापशन नेपाल पर्साको आयोजनामा आगामी माघ ५ गते वीरगञ्जको आदर्शनगर रंगशालामा टी-ट्वान्टी क्रिकेट प्रतियोगीता हुने भएको छ ।
पर्सा प्यापशनले सोमबार मुनलाईट मा.वि. मा पत्रकार सम्मेलन गरी सातौं टि-ट्वान्टी क्रिकेट प्रतियोगीता सफल पार्न सबैमा आग्रह गरेको छ ।
हरेक वर्ष सञ्चालन हुदैं आएको प्रतियोगीता दुई बर्ष देखी बन्दभएकोमा यो बर्षबाट पुनः सुरुगर्नलागेको प्यापशनका उपाध्यक्ष सरोज चौधरीले जानकारी दिनु भयो ।
प्यापशनका असोक संग्रौंलाले प्रतियोगीतामा २६ वटा विद्यालयका कक्षा १० सम्मका विद्यार्थी सहभागीता जनाउने बताएका थिए ।
मधेसी सहीद बलिदानी दिवसको अवसरमा आयोजना गरीने टी-ट्वान्टी क्रिकेट प्रतियोगीताको उद्घाटन वीरगञ्ज महानगरपालिका को मेयर राजेशमान सिंहले गर्ने बताउदै प्रतियोगीताम करिब ६ लाख खर्चहुने अध्यक्ष पुरण प्रधानले जानकारी दिनु भएको थियो ।
पत्रकार सम्मेलनकार्य क्रममा पुर्व अध्यक्ष श्याम केसी लगायतका उपस्थिती रहेको थियो ।
माघ ५ गते वीरगञ्जमा टी-ट्वान्टी क्रिकेट प्रतियोगीता हुने