निर्वाचनपछि बैंकहरूमा १५ अर्ब २४ करोड निक्षेप थपियो

पर्सा ।प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनपछि वाणिज्य बैंकहरूमा १५ अर्ब २४ करोड निक्षेप थपिएको छ । निर्वाचनअघि दुई दिनमा पाँच अर्ब ४७ करोड निक्षेप बाहिरिएको थियो तर निर्वाचनलगत्तै रकम थपिएको नेपाल बैंकर एसोसिएसनले जनाएको छ ।

निर्वाचनपछि दुई सातामा नेपाली मुद्रामा १२ अर्ब ७४ करोड र विदेशी मुद्रामा एक अर्ब ८८ करोड निक्षेप जम्मा भएको छ । मंसिर १६ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कुल निक्षेप ४४ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप थपिँदै गए पनि कर्जा लगानी भने सुस्त देखिन्छ । चुनावयता हालसम्म तीन अर्ब २० करोड रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ । मंसिरयताको तथ्यांक हेर्ने हो भने यसबीच एक अर्ब एक करोड रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । हालसम्म बैंकहरूले ४२ खर्ब २३ अर्ब कर्जा प्रवाह गरेका छन् । निक्षेप बढ्ने र कर्जामा सुस्तता आउँदा कर्जा निक्षेपको अनुपात (सिडी रेसियो)मा पनि क्रमशः सुधार आइरहेको छ । यसको अर्थ बैंकहरूको कर्जा दिने क्षमतामा वृद्धि भइरहेको छ ।

संघको तथ्यांकअनुसार मंसिर १६ गतेसम्म बैंकहरूको सिडी रेसियो ८६.७ प्रतिशत पुगेको छ । गत मंसिर ९ गतेसम्म कर्जा निक्षेपको अनुपात ८६.८६ प्रतिशत थियो । त्यसअघि गत मंसिर २ गतेसम्म कर्जा निक्षेपको अनुपात ८६.९१ प्रतिशत कायम भएको थियो । गत साउनदेखि कात्तिकसम्म आइपुग्दा कर्जा निक्षेपको अनुपातमा सुधार आइरहेको देखिन्छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.