विश्व अपाङ्ग दिवसको अवसरमा, वीरगञ्जमा ह्विल चेयर दौड प्रतियोगिता सम्पन्न

वीरगञ्ज । विश्व अपाङ्ग दिवसको अवसरमा आज वीरगन्जमा ह्विल चेयर दौड प्रतियोगिताको आयोजना गरिएको छ । एलाईड युथ सोसाईटीको आयोजनामा वीरगन्जको आदर्शनगर स्थित पूरानो बसपार्कमा ह्लि चेयर दौड प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा सन्तोष महतो प्रथम, महाविर राम दोश्रो र रामअयोध्या प्रसाद तेश्रो हुनुभएको छ । प्रतियोगिताका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, विशिष्ट अतिथि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी,

मधेस विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्य, डाक्टर अशोक दास लगायतले प्रमाणपत्र र न्यानो कम्बल सहित सम्मान गर्नुभएको थियो ।

त्यसअघि प्रतियोगितामा सहभागीहरुलाई खादा ओढाएर सम्मान सहित ह्विल चेयर दौड प्रतियोगिताको उदघाटन गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष आकाश दासको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका सरसफाई शाखा अधिकृत सरफुद्दीन मियाँ, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, सशस्त्र वोर्डर आउट पोष्ट भन्सारका सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट, सिर्सिया आउटपोष्टका सशस्त्र प्रहरी निरीक्षक तीथराज बस्नेत,

वीरगन्ज सामुदायिक आँखा अस्पतालका संयोजक महेशसिंह धामी, युवा नेता दिलिपराज कार्की लगायतको उपस्थिति रहेको संस्थाका निवर्तमान अध्यक्ष ओम कुमामर झाले जानकारी दिनुभयो । 

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.