काठमाडौँ । एकीकृत समाजवादीले पार्टी एकता गर्ने सैद्धान्तिक निर्णय गरेको छ।
बिहीबार बसेको सचिवालय बैठकले बृहत बामपन्थी एकताका लागि सहकार्यको ढोका खुला राख्दै विचार मिल्नेसँग एकता गर्दै अघि बढ्ने निर्णय गरेको हो।
केन्द्रीय सदस्य मोहन गौतमले पार्टी निर्णयबारे जानकारी दिँदै भने, ‘केन्द्रीय सचिवालय बैठकले बृहद बामपन्थी सहकार्यको लागि ढोका खुल्ला राख्ने। विचार मिल्नेहरुसँग एकता गर्दै अघि बढ्ने निर्णय गरेको छ।’
समाजवादी र माओवादी केन्द्रबीच छलफल भइरहेका बेला एकताका लागि सैद्धान्तिक निर्णय गरेको गरेको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताका लागि प्रयास भइरहेको ब्रिफिङ गर्दै आएका छन्।