मुख्यमन्त्री सतिशकुमार सिंहविरुद्ध अनुशासनात्मक कारबाहीको सिफारिस

पर्सा । जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहविरुद्ध अनुशासनात्मक कारबाहीको सिफारिस केन्द्रीय कार्यालयमा गरेको छ ।

पार्टी तथा प्रदेश संसदीय दलको आग्रहअनुसार संसदीय दलका नेता महेश यादवले बिहीबार सिंहविरुद्ध कारबाहीको सिफारिस गरेका हुन् ।

यादवका अनुसार, मुख्यमन्त्री सिंहलाई पटक–पटक पार्टीमा फिर्ता आउन भनिएको भए पनि उनले आदेश नमान्दा संसदीय दलले २४ घण्टे समयसीमा दिएको थियो ।

‘मुख्यमन्त्रीलाई फिर्ता आउन २४ घण्टा समय दिएका थियौँ, त्यो समय हिजै सकिएको छ । तर, उहाँ फिर्ता हुनुभएन । अब पार्टीबाटै कारबाही गर्ने गरी केन्द्रीय कार्यालयलाई सिफारिस गरेका छौँ,’ यादवले भने ।

सिफारिसअनुसार सिंहलाई पार्टीमा साधारण सदस्यसम्म नरहने गरी कारबाही गरिनुपर्ने सुझाव दिइएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.