निजामती सेवा विधेयकमाथि सुनियोजित षड्यन्त्रमा संलग्न भेटिने सबैलाई कडा कारबाही हुनुपर्छ: हितराज पाण्डे

पर्सा । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकमाथि सुनियोजित रूपमा भएको भनिएको षड्यन्त्रबारे विस्तृत छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समितिका सभापति, सचिवदेखि अन्य सम्बन्धित सबै व्यक्तिमाथि छानबिन आवश्यक रहेको बताए।

सांसद पाण्डेले विधेयक तयार पार्ने प्रक्रियादेखि नै अनेक बाधा र अवरोध सिर्जना गरिएको उल्लेख गर्दै यसले संसद्को गरिमा नै क्षतिग्रस्त हुने गरी ठूलो षड्यन्त्र रचिएको दाबी गरे।

‘साधारण कुरा होइन, संसद्लाई नै बदनाम गर्ने गम्भीर चालबाजी भएको छ। अब यसलाई यत्तिकै छाड्न हुँदैन। उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरी सभापति र सचिवदेखि जो जो संलग्न छन्, सबैको जिम्मेवारी तोक्नुपर्छ,’ पाण्डेले भने।

उनले षड्यन्त्रमा संलग्न भेटिने सबैलाई कडा कारबाही हुनुपर्नेमा समेत जोड दिएका छन्।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.