गृहमन्त्रीको प्रश्न-“कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरुले राजीनामा दिदै जानुपर्ने हो ?”

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन ।

शनिबार काठमाडौँमा सञ्चारकर्मीहरूसित संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री लेखकले गृहमन्त्रीमा हजारौँमा नभएर लाखौँका कर्मचारी रहेको बताए ।

“गृह मन्त्रालय यत्रो ठुलो मन्त्रालय छ । यसमा हजारमा होइन, लाखमा कर्मचारी छन् । लाखौँलाख कर्मचारीमा संवैधानिक निकाय यसमा अनुसन्धान गर्न सक्ष्मय निकायले कुनै बेला बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ ।” उनले भने “कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो? के त्यही पद्धति बसाउने हो? त्यो सम्भव छ? । आजसम्म त्यस्तो भाको छ ? त्यस कारण मैले भनिसके मेरा विरुद्ध राजनीतिक रूपले नियोजित रूपले षडयन्त्रमूलक ढंगले झुटा प्रचारबाजी भइरहेको छ ।”

मन्त्री लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन नभई आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफू पदबाट मात्र नभई राजनीतिबाट राजीनामा दिने बताए ।

“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन, यदि मेरो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्‍यो भने प्रमाणित भयो भने म पदबाट होइन राजनीतिबाट राजीनामा दिन्छु ।” उनले भने-“म सबैलाई आग्रह गर्दछु मेरा विरुद्ध नियोजित र षडयन्त्र मूलक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ ।” उनले सो विषयमा विस्तृत धारणा राख्न आगामी जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा समय माग गरेको जानकारी दिए ।

त्यसै गरी शनिबार गृह मन्त्रालयले पनि प्रेस विज्ञप्ति जारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित/प्रसारित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जारी विज्ञप्तिमा कुनै पनि गैर कानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको स्पष्ट पारिएको छ । मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको जनाएको छ ।

साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त विषयमा छानबिन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्य तथ्य ब्यहोरा सबैको जानकारीमा आउने विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले आयोगबाट हुने छानबिन र अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.