पर्सा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको हो ।
घटाइएको नयाँ मूल्य आज (मंगलबार) राति १२ बजेदेखि लागू हुनेछ ।
नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ । सुर्खेत र दाङमा पेट्रोल १५९ रुपैयाँ र मट्टितेल १४५ रुपैयाँमा बिक्री हुने निगमले जनाएको छ ।
त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५७ रुपैयाँ ५० पैसा र मट्टितेल १४३ रुपैयाँ ५० पैसा तोकिएको छ ।