वीरगञ्ज । नेपाली कांग्रेसमा रूचि राखने युवा नेता सन्जय सिंह सहित सयौं नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् ।
आइतबार एक कार्यक्रमबीच नेपाल विद्यार्थी संघ पर्साका अध्यक्ष इन्जिनियर रमेश यादव ले उनीहरुलाई पार्टी प्रवेश गराएका छन् । ने. वि. संघ का अध्यक्ष यादवको नेतृत्वमा सुजित पटेल ,उपेन्द्र मण्डल,सनी मण्डल, असगर अन्सारी ,
असलम अन्सारी लगायत नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् ।
चुनावको मुखमा नेताहरुको पार्टी प्रवेशले जसपा लाई असर पर्न सक्ने नेताहरुको विश्लेषण छ । कार्यकममा कांग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार,
पर्शा – १ (ख) का राम नारायण प्र. कुर्मी , पुर्व ने. वि. संघ उप-सभापति साबिर हुसैन ,
ने वि संघ का पर्सा जिल्लाका सचिव फिरोज अन्सारी, सामाजिक कार्यकर्ता कृष कुर्मी , लगाएतका विशेष उपस्थिति रहेको थियो ।