पर्सा । नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशविरुद्ध नेपाललाई आठौँ सफलता मिलेको छ । नेपाललाई आठौँ सफलता पनि स्पिनर सन्दीप लामिछानेले दिलाए ।
उनले १५.३ ओभरमा जाकर अलीलाई १२ रनमा आउट गरे । त्यसअघि सन्दीपले उनले १३.२ ओभरमा तन्जिम हसन साकिबलाई चार रनमा बोल्डआउट गरे । योसँगै योसँगै उनी नेपालको तर्फबाट टी–२० आईमा १०० विकेट लिने पहिलो बलर बनेका छन् । यस्तै, सन्दीप टी–२० आईमा कम खेलमा १०० विकेट लिने दोस्रो बलर बनेका छन् । उनले यो उपलब्धि ५४ खेलमा हासिल गरेका हुन् ।
नेपाललाई पाँचौं सफलता रनआउटको रूपमा प्राप्त भयो । बंगलादेशी अनुभवी ब्याटर महमुदुल्लाहलाई सन्दीप लामिछाने र गुलशन झाले मिलेर नवौँ ओभरको अन्तिम बलमा १३ रनमा रनआउट गराए ।
नेपाललाई चौथो सफलता कप्तान रोहितकुमार पौडेलले दिलाए । उनले ५.४ ओभरमा तौहिद हृदयलाई ९ रनमा सन्दीप लामिछानेको हातबाट क्याच आउट गराए । नेपाललाई तेस्रो सफलता तीव्र गतिका बलर सोमपाल कामीले दिलाए । उनले ४.३ ओभरमा लिटन दासलाई १० रनमा क्याच आउट गराए ।
नेपाललाई दोस्रो सफलता दिलाउने अलराउन्डर दीपेन्द्र सिंह ऐरीले कप्तान नजमुल हुसेन शान्तोलाई चार रनमा बोल्ड गरे । त्यसअघि नेपाललाई सानदार सुरुवात दिलाउनेक्रममा सोमपालले तान्जिद हसन शून्यमै आउट गरे ।
नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै सुपर–८ दौडबाट बाहिरिएको थियो । नेपालका लागि सोमबारको खेलमा गुमाउनुपर्ने केही छैन । यो खेल जितेमा नेपालले टेस्ट टोली बङ्गलादेशलाई हराएर नयाँ इतिहास बनाउनेछ ।
नेपाल यसपटक १० वर्षअघिको हारको बदला लिँदै बंगलादेशलाई स्तब्ध पार्न चाहन्छ । बंगलादेशी टिम आज नेपालभन्दा बढी दबाबमा छ । यदि नेपालसँग हार बेहोरेमा ऊ सुपर आठमा नपुग्न सक्छ । बंगलादेश अहिले चार अंकसहित दोस्रो स्थानमा छ ।
नेपालको प्लेइङ–११ः कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिलकुमार साह, रोहितकुमार पौडेल (कप्तान), गुलशन झा, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, अविनाश बोहरा र सन्दीप लामिछाने ।