आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

पर्सा । नेपालमा हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ ।

बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसकारण आज सुदूरपश्चिम, कर्णाली, कोशीलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी प्रदेशका केही ठाउँमा भने बुधबार बिहानैदेखि वर्षा भइरहेको छ । बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू–भागका एक/दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.