पर्सा । एमालेका नेता महेश बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी धादिङकी शोभा पाठकलाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुनेखालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी पक्राउ परेकी हुन् ।
प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।
एमालेका नेता महेश बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै पाठकले उजुरीसमेत दिएकी थिइन् । उनको उजुरी तामेलीमा राखिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शोभाको उजुरीमा प्रमाण नपुग्ने जिकिर गर्दै उनको उजुरी तामेलीमा राखेको हो ।