पर्सा । सरकारले पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाएको छ ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै उक्त कर लगाएको बताएका हुन् ।
अर्थमन्त्री पुनले भने, ‘कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरुप पेट्रोलियम पदार्थ र कोइला पैठारीमा हरित कर लगाएको छु ।’