इलाम – २ मतगणना : सुहाङ ७ सय ८० मतले अगाडी

इलाम ।  इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाएका छन् ।

आइतबार दिउँसो १२ बजेबाट जारी मतगणनामा अहिले फाकफोकथुम गाउँपालिकाको मतगणना जारी छ । सुरुवाती २ वडामा कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता बनाएको भए पनि वडा नम्बर ३ र ४ को मतगणनापछि एमालेका नेम्वाङ अघि लागेका हुन् ।

ताजा अवस्थामा एमाले उम्मेदवार सुहाङ ७ सय ८० मतले अघि लागेका छन् ।  उनले ३ हजार २ सय ४९ मत पाएका छन् भने कांग्रेसका खड्काले २ हजार ४ सय ६९ मत प्राप्त गरेका छन् ।

तेस्रोमा पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू छन् ।  उनले ७ सय ३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले ४ सय ३४ मत प्राप्त गरेका छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.