काठमाडौं। महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका छन्।
हरेक नयाँ सरकार गठन भएपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले परम्परागत अभ्यासअनुसार नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने गरेका छन् ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले अहिलेसम्म महान्यायाधिवक्ताको सिफारिस गरिसकेकी छैनन् ।