पर्सा । चीनमा जारी १९ औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीवार मध्यान्ह स्वदेश फर्किएको हो ।
स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताउनु भयो । उहाँले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको बताउनु भयो । उहाँले विश्व रेकर्ड बन्दा टिम धेरैनै खुशी भएको बताउनु भयो ।
आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने बताउनु भयो । पौडेलले टी– २० विश्वकप छनोटमा ५ वटै खेल फाइनल सरह रहेको बताउनु भयो ।