सेती नदीमा ट्याक्टर खस्यो

बझाङमा सेती नदीमा ट्याक्टर खसेको छ ।

ट्याक्टर नदीमा खस्दा त्यसमा सवार दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार जयपृथ्वी राजमार्गअन्तर्गत दुर्गाथली गाउँपालिका–२, झननामा ट्याक्टर दुर्घटना भएको हो ।

कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार ट्याक्टरमा चालकसहित पाँचजना सवार थिए ।

‘तीन जनालाई सकुशल उद्धार गरेर स्वास्थ्य चौकी पुर्याइएको छ,’ उनले भने, ‘बाँकी दुईजना सेती नदीमा बेपत्ता छन् । घटनास्थलतर्फ जाँदैछौँ । तर, पहिरोले बाटो अवरुद्ध हुँदा समस्या भएको छ ।’

ट्याक्टरको नम्बर र बेपत्ता दुई जनाको पहिचान हुन नसकेको डिएसपी भण्डारीले जानकारी दिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.