सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीको दुःख व्यक्त

पर्सा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।

मोदीले बुधबार ट्विटरमार्फत सीताप्रति श्रद्धाञ्जली र प्रधानमन्त्री दाहालको परिवारमा समवेदना प्रकट गर्नुभएको हो । भारतीय प्रधानमन्त्री मोदीले सीता दाहालको निधनको खबरले मर्माहत भएको भन्दै नेपालीका ट्वीट गर्नुभएको छ ।

मोदीले ट्वीटमा भन्नुभएको छ ’श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । पुष्पकमल दाहालप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.