सालकाे गोलिया काठ र साइकल बरामद


वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ रङ्गपुरटाँडीबाट वनगस्ती टोलीले तिन थान सालको गोलिया काठ र तिन वटा साइकल बरामद गरेको छ ।

सब डिभिजन वन कार्यालय रङ्गपुरटाँडीबाट जमदार अर्जुन चौधरीको नेतृत्वमा खटिएको वन गस्ती टोलीले बिहीबार बिहान ५ बजेतिर सालको काँचो गोलिया कमठ र साइकल बरामद गरेको हो ।

राष्ट्रिय वनबाट तस्करहरूले अवैध रूपमा सालको रुख कटान गरी गोलिया बनाएर साइकलमा लोड गरी सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ कौवाबन टोलमा रहेको चिरान मिल र फर्निचर उद्योगमा लैजाने क्रममा रङ्गपुरटाँडीबाट वन गस्ती टोलीले करिब १५ क्यु फिट काठ र साइकल बरामद गरेको रेञ्जर कपिलदेव यादवले बताए ।
तस्करहरू भने काठसहितको साइकल छाडेर फरार भएकोले उनीहरूलाई पक्राउ गर्न नसकिएको कर्मचारीले बताए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.