साताको छैठौं दिन आज शुक्रबार सुनको मूल्य स्थिर

पर्सा ।साताको छैठौं दिन आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी चाहिँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार ३ सय रूपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य शुक्रबार १० रूपैयाँले घटेर १ हजार २९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.