सहकारी संस्था संचालनका नाममालाखौं रुपैयाँ ठगी गरेको कसूरमा कारागार चलान

पर्सा ।मोरङको जिल्ला अदालतको आदेशले तीन जनालाई पुर्पक्षको लागि कारागार चलान भएका छन्। सोमबार सुनदह सहकारी संस्था संचालनका नाममा बचतकर्ता तथा ऋणीहरूको लाखौं रुपैयाँ बराबरको रकम ठगी गरेको कसूरमा प्रहरीले उनीहरुलाई आवश्यक अनुसन्धान पछि करागार चलान गरेको हो।

ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले केही हप्ता अघिदेखि उनीहरूलाई पक्राउ गरी ठगी सम्बन्धि कसूरमा अनुसन्धान गरिरहेको थियो।
करागार चलान भएकाहरूमा मोरङ पथरी शनिश्चरे ( ६ मा रहेको सुनदह बचत तथा ऋण सहकारी संस्थामा व्यवस्थापक पदमा कार्यरत ४४ वर्ष राजेन्द्र तामाङ , लेखा सहायक ४६ वर्षे विश्वनाथ चौधरी र संस्थामा अध्यक्ष पदमा कार्यरत ४५ वर्षे लाल बहादुर भण्डारी रहेका छन्।

उनीहरूविरूद्ध शेयर सदस्य तारा खड्का सहित ९८ जना बचतकर्ताहरूको जम्मा ७४ लाख १९ हजार ८ सय ७ रुपैयाँ रकम हिनामिना गरी सहकारी संस्था बन्द गरी बचत तथा शेयर रकम फिर्ता नगरेको भन्दै गत जेठ अन्तिम साता ईलाका प्रहरी कार्यालय पथरीमा उजुरी दर्ता भएको थियो।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.