सर्लाही जिप दुर्घटना: ११ जना घाइते चार जनाको अवस्था गम्भीर

पर्सा। सर्लाहीमा नापी कार्यालयका कर्मचारी सवार गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सोमबार राति मलंगवा नगरपालिका–११ गमहरियामा कर्मचारी सवार बी.आ.०६ पी.डी.९६४८ नम्बरको सफारी गाडी उँखु लोड भएको ज२त १०६७ नम्बरको ट्याक्टरसँग ठोक्किँदा ११ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइते हुने सबै सफारीमा सवार नापी कार्यालय सर्लाहीका कर्मचारी हुन् । घाइतेमध्ये नापी कार्यालय सर्लाहीका प्रमुख काभ्रे बनेपाका ४५ वर्षीय सञ्जय मानन्धर, मलंगवा–३ का ३५ वर्षीय रामलाल साह, सर्लाहीको बागमती नगरपालिका–५ बस्ने विनोद घिमिरे र महोत्तरीका ३० वर्षीय बैजु यादव गम्भीर छन् ।

उनीहरूलाई थप उपचारको लागि वीरगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

त्यस्तै, मध्यम घाइते हुनेमा सर्लाहीको कौडेना गाउँपालिका–२ बस्ने वर्ष २४ का संजित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका–२ बस्ने वर्ष ३० का रिटेन यादव, मलंगवा नगरपालिका–३ बस्ने वर्ष ५० का  बैधनाथ पटेल, मलंगवा नगरपालिका–७ बस्ने वर्ष ३४ का रामबावु राय, धनुषाको शहीदनगर नगरपालिका–७ का वर्ष २९ का दीपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका–२० बस्ने २४ वर्षीय शहीद अनवर र महोत्तरी बस्ने २५ वर्षीय अजय यादव रहेका छन् ।

दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.