वीरगञ्ज । वीरगञ्ज महानगर भित्रका निजी विद्यालयहरु मनोमानी तरीकाले अभिभावक संग फि को नाममा मोटो रकम असुलगरेको भन्दै केही महिना यता विरोध हुदै आएको थियो ।
त्यसको विकल्पमा वीरगञ्ज महानगरले स्कुलहरुलाई वर्गीकरण गरेको छ । तर महानगरले गरेको स्कुल वर्गीकरण अभिभावको हितमा नरहेको भन्दै चौतर्फी आलोचना हुना हुनथालेको छ ।
महानगरले विभेदनामक र आर्थिक प्रलोभनमा स्कुल वर्गीकरण गरेको भन्दै आलोचना सुरुभएको हो ।
महानगर भित्र “क” वर्गमा एक मात्र निजी विद्यालय ज्ञानदा स्कुल बाहेका कुनै स्कुलको “क” मा पर्ने देखी दैन्न तर मापडण्ढ पुरा नभई सञ्चालमा रहेका थप पाँचवटा निजी विद्यालय “क” वर्गमा राखी मुल्य वृद्धी गरेको भन्दैै अहिले चौतर्फी आलोचना सुरु भएको हो ।
“क” वर्गमा रहेका विद्यालयहरु:–
१.ज्ञान्दा एकेडमी प्रा.लि.
२.गौतम स्कुल प्रा.लि.
३.नेशनल ईनफोटेक
४.डि.ए.भि. आर.भि. केडीया
५.लिटिल फ्लावर
६.जि.एच.पि. मावि प्रा.लि.
“क” वर्गमा रहेका यी ६ विद्यालयले ८० देखी ८३ स्कोर प्राप्त गरी “क” वर्गमा पुगेको थियो भने “ख” वर्गमा २४ वटा विद्यायलय रहेका छन । जसमा ६० देखी ७५ स्कोर प्राप्त गरेका छन । त्सैगरी ४० देखी ५९ स्कोर प्राप्त गरी “ग” वर्गमा २७ विद्यालय परेका छन । र ३९ स्कोर प्राप्त गरी १ विद्यालय “घ” वर्गमा परेको वीरगञ्ज महानगरले जनाएको छ ।
हुन त महानगर भित्र १४८ विद्यालय सञ्चालमा रहेका छन । जसमध्ये ११९ विद्यालयको महानगरमा दर्ता भएको देख्न पाईन्छ । तर पनि वर्गीकरणको नाममा आन्य विद्यालयहरु पछिहटनुको अर्थ अभिभावकले सजिलै बुझन सकिने छन ।
