वीरगञ्जमा बृहत् तिज उत्सव सम्पन्न

वीरगञ्ज ।नेपाली महिलाहरुको महान चाड तिज नजिकदै गर्दा पर्सामा यसको रौनक देखीन थालेको छ । हरितालिका तिजको अवसरमा इनप्रुविंग वीरगञ्जको आयोजनामा बृहत् रुपमा तिज उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली मौलिक संस्कृती र परम्पराको जगेर्ना गर्न अयोजित तिज उत्सव वीरगञ्ज स्थित क्लासिक बैंक्वेटको हलमा सम्पन्न भएको छ ।
बिभिन्न परंपरागत गहनामा सजिएर उपस्थित महिलाहरु परम्परागत शैलीमा नाचगान गर्दै तिज उत्सव मनाएका छन् ।
कार्यक्रममा वीरगञ्ज महानगरका उपमेयर ईम्तयाज आलमले नजिकदै गरेको तिजको शुभकामना व्यतm गरेका थिए ।

हिन्दु महिलाहरुको महा पर्व तिज प्रेमको प्रतिक रहेको डा.प्रमोद सर्राफले बताउनु भयो सत्युगमा देवी पार्वतीले शिव भगवानकोे लागि गर्नु भएको थियो र यो पर्व आफ्नो श्रीमानको लामो आयु र घरपरिवारको सुख समृद्धी को लागि गर्ने मान्यता रहिआएको वहाँले बताउनु भयो । तर समय परिर्वतन संगै केहि विकृती आएको हुदाँ समयमै सुधार गर्न उपस्थित महिला दिदि बहिनीहरु मा अनुरोध गरेका थिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.