विद्यालय शिक्षा विधेयकमा सरोकारवालाहरुले चलखेल भयो- पूर्व शिक्षामन्त्री विद्या भट्टराई

काठमाडौं। नेकपा (एमाले)की सांसद तथा पूर्व शिक्षामन्त्री विद्या भट्टराईले सरकार र संसदीय समितिलाई असक्षम बनाउने नियतले विद्यालय शिक्षा विधेयकमा सरोकारवालाहरुले चलखेल गरिरहेको बताउनुभएको छ ।

सोमबार सिंहदरबारमा बसेको शिक्षा समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग सांसद भट्टराईले सरकार समेत इन्ट्रेस्ट गु्रपको दबाबमा काम गरिरहेको आरोप लगाउनुभयो ।

विधेयकका सम्बन्धमा मस्यौदा अथवा प्रतिवेदनको पक्षमा उभिनुपर्ने सरकार इन्ट्रेस्ट गु्रपसँग छलफल गरिरहेको सांसद भट्टराईको आरोप छ । यसरी संसदको गरिमा र मार्यादा बाँकी नरहने उहाँको भनाइ छ ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले सरोकारवालाहरुको दबाबमा ऐन निर्माण गर्ने कुराप्रति आपत्ति जनाएका छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.