पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको आजको थुनछेक बहस सकिएको छ ।
आज लामिछानेका वकिलहरूको पालो भने आएन । त्यस्तै पीडित पक्षको दुई वकिलको बहस पनि बाँकी रहेको छ ।
बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो । अब पीडित र रविका तर्फबाट भोलि बहस हुने छ ।
रवि लामिछानेका तर्फबाट आधा दर्जनभन्दा बढी वकिलहरूले बहस गर्ने तयारी गरेका छन् ।
रविलाई आज पनि उनका कानुन व्यवसायी र परिवारको जिम्मा लगाइएको छ ।