यूएईमा जारी यू १९ एसिया कपमा नेपालको लगातार दोस्रो हार

पर्सा । यूएईमा जारी यू १९ एसिया कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आइतबार भएको  खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९१ रन बनाए पनि टिमलाई जिताउन सकेनन्।

अर्जुनले १०८ बल खेल्दा १३ चौकाको मद्दतमा ९१ रन बनाए पनि लगातार विकेट जाँदा नेपाल ४०.१ ओभरमा अलआउट भयो ।कुमालले नेपालका सबै ब्याट्सम्यानसँग साझेदारी गरे ।तर कसैले पनि बलियो साथ दिन सकेनन् ।२६२ रनको लक्ष्य पछ्याएको नेपालका लागि कप्तान देव खनालले २४, गुल्सन झाले १७, दीपक बोहराले १५ र दिपेश कँडेलले ११ रन जोडे ।

टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानका लगि अस्मिद जर्दानले शतकीय पारी खेलेका थिए । विकेट किपर नुमान शाह आगाले विस्फोटक ६० रन जोडेका थिए ।नेपालका हेमन्त धामी, गुल्सन झा र सुवास भण्डरीले दुई/दुई विकेट लिएका थिए भने आकाश चन्द र दिपेश कँडेलले एक/एक विकेट लिएका थिए । एसियाकपमा नेपालको यो दोस्रो हार हो । यसअघि शुक्रबार पाकिस्तानसँग नेपाल पराजित भएको थियो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.