मोटरसाइकल दुर्घटना हुँदा सवार एकको मृत्यु , चलक घाइते

पर्सा । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । बुढीगंगा गाउँपालिका–१ मा मंगलबार राति भएको दुर्घटनामा २४ वर्षीय शम्भु माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश १–०२–०४२ प ९८३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर मध्यराति दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार माझीको मृत्यु भएको हो । मोटरसाइकल चालक २६ वर्षीय राहुल माझी घाइते भएका छन् ।

उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.