पर्सा । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बुवा बनेका छन् । शाहकी धर्मपत्नी सविना काफ्लेले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।
बालेन र सविनाले फागुन, २०७४ मा प्रेम विवाह गरेका हुन् । विवाह गरेको साढे पाँच वर्षपछि उनीहरुको पहिलो सन्तानको बुवा–आमा बनेका हुन् ।