मुख्यमन्त्री यादवलाई कांग्रेस र लोसपाले विश्वासको मत दिने

फाईल /फोटो

पर्सा । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत लिँदै छन् । यादवलाई नेपाली कांग्रेस र लोसपाले विश्वासको मत दिने भएका छन् ।

कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक कुमारकान्त झाले जानकारी दिए । यस्तै, लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतोले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको बताए ।

मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिन ५४ सांसदको समर्थन जुटाउनुपर्छ ।

मधेश प्रदेशसभामा कांग्रेसको २२, जसपाको १९ र लोसपाको ८ सिट छ । यो संख्या ४९ मात्र पुग्छ । यादवलाई बहुमतका लागि पाँच सिट अपुग छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.