मिटर ब्याजी समूहद्धारा एक पत्रकारलाई मानसिक तनाव

पर्सा ।मिटर ब्याजी समूहले चाँदनी आचार्यलाई मानसिक तनाव दिने कार्य गरेका छन् ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिकी निवर्तमान उपाध्यक्ष एवं गोरखापत्र दैनिकका कैलाली संवाददाता आचार्यलाई समाचारको विषयलाई लिएर मानसिक तनाव दिने, धम्की दिने र प्रशासनिक झमेला दिनेजस्ता कार्य भैरहेको पाइएको छ ।

खोज पत्रकारिता केन्द्रले गत फागुनमा प्रकाशित गरेको ‘ब्याजको बोझले सिध्याएको गाउँ’ शीर्षकमा पीडितसँग कुराकानीका आधारमा तयार पारिएको सामग्री राष्ट्रिय सञ्चार माध्यमहरूमा समेत प्राथमिकताका साथ प्रसारण भएपछि पत्रकार आचार्यलाई मिटर ब्याजी समूहले मानसिक तनाव दिने, धम्क्याउने तथा प्रशासनिक हैरानी दिनेजस्ता कार्य गरिरहेको जानकारी प्राप्त भएको छ ।

उक्त घटनाका विषयमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको महासचिव रोशन पुरीले शुक्रबार विज्ञप्ति जारी गरी जनाएका छन् ।

प्रकाशित समाचारप्रति कुनै गुनासो भए त्यसउपर कानुनी उपचार खोज्न सकिने विकल्पलाई छाडेर पत्रकारलाई यसप्रकारले धम्की र मानसिक यातना दिने काम अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम भएको महासंघले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ – महासंघ प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्यमा संलग्नको पहिचान गरी तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।रासस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.