भिजिट भिसा प्रकरणमा कांग्रेस नेता खतिवडाले श्रममन्त्री भण्डारीलाई पनि मुछे

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भिजिट भिसा प्रकरणमा जोसुकै संलग्न भएको भए पनि उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्ता घटना आजमात्रै नभएर यसअघि पनि छिटफुट आउने गरेको बताए । उनले गृहमन्त्री रमेश लेखकलाई संसद्मा आफ्नो जवाफ दिने मौका दिनुपर्ने र यदि उक्त घटनामा उनी जोडिएको हो भने कारबाहीको भागिदार हुनुपर्ने बताए ।

‘पर्सी संसद्मा उहाँको उत्तर हेरौं न । गृहमन्त्रीजीले संसद्मा १३ गते सबै कुरा भन्छु, आफ्ना कुरा राख्छु भन्नुभएको छ । कसैलाई मौका नदिने भन्ने कुरा आउँदैन । आफ्ना कुरा राख्न पाउनुपर्छ । सत्यतथ्य बाहिर आउनुपर्छ । यो अपराधमा संलग्न जोसुकै हुन्, कारबाहीको दायरामा आउनुपर्छ,’– उनले भने ।

साथै, भिजिट भिसा प्रकरण र अवैध रुपमा महिला कामदारलाई विदेश पठाउने प्रकरणमा श्रम मन्त्रालय पनि जोडिएको सुनुवामा आएको उनले बताए । नेता खतिवडाले श्रममन्त्री शरदसिंह भण्डारीले पनि संसद्मा उभिएर आफूमाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने बताए ।

‘श्रम मन्त्रालयबाट पनि विदेश पठाउनका लागि लुभुमा चार रोपनी जग्गामा टे«निङ सेन्टर खोलिएको र त्यहाँ टे«निङ दिने गरिएको र बाहिर पठाउने काम गरिएको भन्ने सुनुवामा आएको छ । भिजिट भिसाको नाममा अथवा महिला कामदारको नाममा बाहिर पठाउनका लागि प्रयास गरिएकोमा श्रममन्त्रीले पनि संसद्मा आएर जानकारी दिनुपर्छ,’– उनले भने ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.