भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दियो

पर्सा । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको हो।

भारतीय बायाँ हाते युवा ब्याटर यशस्वी जैसवालले नेपालविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका छन्। योसँगै जैसवाल टि२० आईमा भारतबाट कम उमेरमा शतक हान्ने खेलाडी बनेका छन्।

नवौं ओभरमा नेपालले पहिलो सफलता पाएको थियो। नवौं ओभरको पाँचौ बलमा भारतीय कप्तान ऋतुराज गायकवाड आउट भए। दीपेन्द्रसिंह ऐरीको बलमा रोहित पौडेलबाट उनी क्याच आउट भएका हुन्।

तिलक बर्मालाई सोमपाल कामीले १२ औं ओभरको चौथो बलमा २ रनमा बोल्ड आउट गरे। जितेश शर्मा सन्दीप लामिछानेको १३ औं ओभरको पाँचौं बलमा पाँच रनमा पभेलियन फर्किए।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.