बैंकहरुले आगामी माघदेखि ब्याजदर घटाउने

पर्सा ।वाणिज्य बैंकहरुले आगामी माघदेखि निक्षेपको ब्याजदर घटाउने भएका छन् । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले माघ १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

नेपाल बैंकर्स संघको नयाँ अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी निर्वाचित भएलगत्तै बुधबार साँझ बसेको बैठकले अहिले दिईदै आएको ब्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा १० प्रतिशत घटाउने निर्णय गरेको हो ।

वाणिज्य बैंकहरुले ब्यक्तिगत मुद्दती खातामा १२ दशमलव १३ प्रतिशत दिंदै आएकोमा माघदेखि उक्त ब्याजदर ११ प्रतिशतमा झर्ने छ । यस्तै संस्थागत मुद्दती खातामा दिइएको १० दशमलव १३ प्रतिशतको ब्याजदर अब ९ प्रतिशत कायम हुने भएको छ ।

मुद्दती खाताको ब्याज दर घट्दा तत्कालै ऋणीहरुलाई ठूलो राहत नहुने भए पनि बैंकहरुको ब्याजको आधार दर घट्दा केही राहत भने हुने बैंकरहरुले बताएका छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.