बारामा करेन्ट लागेर जंगली हात्तीको मृत्यू

बारा । बारामा करेन्ट लागेर जंगली हात्तीको मृत्यू भएको छ ।
कोल्हबी नगरपालिकावडा- २ मा जंगली हात्ती बिजुलीको करेन्टबाट मृत अवस्थामा फेला परेको छ ।

करिब १५ बर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयले जनाएको छ ।

हात्तीको घाटीमा करेन्टको तार बेरिएको अवस्थामा छ । स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मरेको अवस्थामा फेला परेको हो ।

२०८० फागुनमा सोही स्थानमा करिब तीन बर्षको पोथी बाघ समेत मृत अवस्थामा फेला परेको थियो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.