बाराको नौतनमा श्री छाँया बचत तथा ऋण सहकारी संस्थाको नयाँ भवनको उद्घाटन

उपेन्द्र साह । बारा । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ नौतनमा रहेको श्री छाँया बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ ।
बिगत ४ साल देखि परवानीपुर चौक स्थित श्री छाँया बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ग्राहकहरुलाई सेवा दिदैआइ रहेका थिए र आफनो अर्को न्या भवन परवानीपुर गाउँपालिका वडा नम्बर ५ नौतनमा सोमबार उद्घाटन गरिएको छ ।

श्री छाँया बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिकोत्सवको अवसर पारेर संस्थाका अध्यक्ष रोशन कुमार गुप्ता र प्रमुख अतिथी हरेराम पटेलले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन् ।

यस कार्यक्रममा रितिका साह , सोभा,  अर्जुन पासवान , सिधान्त पटेल, कृति चौरसिया र सयौं शेयरधारक तथा संचारकर्मी रामनिवास पटेल , उपेन्द्र साह लगाएतका उपस्थिति रहेको थियो। ग्राहकहरुलाई अझै स्तरीय सेवा प्रदान गर्ने हेतुले न्या भवनको निर्माण गरिएको संस्थाका CEO चन्दन गुप्ताले जानकारी दिएका छ । श्री छाँया बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २ कोठे एकतल्ले पक्कि भवन निर्माण गरेको हो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.