वीरगञ्ज । नेपालीहरुको महान चाडपर्व दशैं, तिहार, दिपावली तथा छठ पर्वको अवसरमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती पर्साको आयोजनामा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
वीरगंजको मुर्लीस्थित वीरगंज सिटी प्यालेसमा सम्पन्न कार्यक्रमको सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष कार्यक्रमका प्रमुख अतिथि गोबिन्द देवकोटाले आधुनिकी करण संगै पत्रकारिता पेशामा अवद्ध हुनेको संख्यामा वृद्धि हुदै गर्दा यसलाई मर्यादीत र व्यसायीक पत्रकारीतामा परिणत गर्न पत्रकार महासंघलाई आग्रह गरेका थिए ।
विज्ञपनको बिषयलाई लिएर उद्ययोगी व्यपारीले स्थानिय मिडीया भन्दा केन्द्री मिडीया लगायत अन्य जिल्लाका मिडीयालाई दिने गरेकाले स्थानिय संचार जगत धरासायी बन्दै गएकोहुदा यसको व्यवस्थापनमा पत्रकारमहासंघ प्रमुख भुमिका निर्वाह गर्नु पर्नेमा जोडदै नेपालीहरुको महान चाडपर्व दशैं, तिहार, दिपावली तथा छठ पर्व शुभकामना व्यक्तगरेका थिए ।
सोहीकार्यक्रमको सम्बोधन गर्दै पत्रकार महासंघ पर्सा अध्क्षय अनुपतिवारीले पर्साको पत्रकारीता विगतका दिनहरु भन्दा सुधार र प्रगतीशिल हुदै गएको बताउका छन । एक दसक अगाडी प्रत्रकारीता जगतमा देखीएका केही नराम्रा पक्ष विस्तारै हराउदै गएको बताएका थिए र यसलाई अझै सुड्रिढ पार्न महासंघले प्रयास गरी रहेको बताएका थिए ।
प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण श्रेष्ठ,प्रदेश सभा सदस्य पशमिना कादरी खातुन, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष शुबोध गुप्ता, उपाध्यक्ष अनिल पाटवारी, माधव राज पाल, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केशी लामिक्षाने, मधेश प्रदेशका महासचिव श्याम बंजारा, पर्सा अध्यक्ष अनुप तिवासी, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।