प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पर्सा। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै छ। ७ प्रदेश र विभागीय टोली एपीएफसहित ८ टोली सहभागी प्रतियोगिता पहिलो पटक सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुनेछ। १४ दिन चल्ने प्रतियोगितामा ३२ खेल हुनेछ।

राउन्ड रोबिन लिगपछि प्लेअफ, इलिमिनेटर र फाइनल खेल हुनेछन्। पहिलोपटक राउन्ड रोबिनका आधारमा प्रतियोगिता सञ्चालन हुन लागेकामा सहभागी सबै टिमका कप्तानले खुसी व्यक्त गरेका छन्।

अघिल्ला संस्करणमा सहभागी टोलीलाई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन हुँदै आएको थियो। यसपटक एउटा टोलीले कम्तीमा ७ खेल खेल्ने छ।  प्रतियोगिताको पहिलो दिन आज चार खेल हुनेछन्। त्रिवि मैदानमा हुने पहिलो खेलमा बागमती प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेलमा गण्डकी र लुम्बिनी आमनेसमाने हुनेछन्।

मूलपानीमा साबिक विजेता सुदूरपश्चिमले एपीएफको सामना गर्दा दोस्रो खेलमा कर्णाली र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनमा हुने प्रतियोगिता टीट्वेन्टी ढाँचामा सञ्चालन हुनेछ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.