पर्सामा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान सहित देवर पक्राउ

वीरगञ्ज । पर्सामा आफ्नै श्रीमातीको हत्या अभियोगमा श्रीमान र देवर पक्राउ परेका छन । वीरगञ्ज महानगर – २७ जसौली वस्ने वर्ष ३० की रिंकु कुमारको श्रीमान कुशल दास र देवर भरत दास हत्या पस्चात मृत्क को शवलाई दुर्घटना बनाउन खोजने प्रयास असफल भएको छ ।
बुद्धबार विहान ०५:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा–२७ जसौली स्थित सडकमा एक जना अधवैसे महिला रगत पक्ष भएर
लडीरहेको छिन् भन्ने सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट उदयपुर घुर्मीबाट , वडा प्रहरी कार्यालय श्रीपुरका प्र.नि.डिल्लीराज सापकोटा टोली र , जिल्ला प्रहरी कार्यालय पर्साबाट प्र.नि.मनोज कुमार यादव नेत्रित्वको टोली घटना स्थलमा पुगेको थियो ।
घटना स्थलमा पुगेका प्रहरीले अनुशन्धान गर्दा कुशल दासको घर अगाडी रहेको कच्ची बाटो किनारामा टाउको किचिएको अवस्थामा कुशल दासको श्रीमती वर्ष ३० की रिंकु कुमारी रहेको मृतकको श्रीमान कुशल दास समेतसंग प्रारम्भिक अनुसन्धान गरी मृतक शव को जाँच गर्दा हातको हत्केलामा करेन्ट लागे जस्तो पोलेको दाग देखे पश्चात पछि थप बुझ्ने क्रममा कुशल दासले आफ्नै श्रीमती पर–पुरूषसंग पहिला देखिनै लागेको शंका भएकोले मंगलबार मध्यराती श्रीमती रिंकु कुमारीलाई करेन्ट प्रवाह गराई हत्या गराको खुलेको छ ।
बिजुलीको नाङ्गो तारले वाया हातमा करेन्ट लगाइ मृत्यु भएपछि आफ्नो सहोदर भाई वर्ष २८ को भरत दासलाई बोलाई सर–सलाह गरी भरत दासले चलाउने ना.३ च ६२४७ नम्बरको कुखुराको चल्ला बोक्ने बोलेरो गाडी ल्याइ मृतको शवलाई वाहिर निकाली त्यही बोलेरो गाडीले टाउकोमा किची गाडी लुकाईएको थियो ।
वर्ष ३४ को कुशल दास र भरत दास दुबै जनालाई पक्राउ गरी घटनामा प्रयोगभएको ना.३ च ६२४७ नम्बरको गाडीलाई खोज तलास गर्दा वीरगञ्ज वडा –१७ अलौ स्थित शिवम ह्याचरीभित्र लुकाइ छिपाइ राखिएको अवस्थामा फेला परेको थियो ।
मृतक शवको घटनास्थलबाट पोष्ट मार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाईको जिल्ला प्रहरीकार्यालय पर्साले जनाएको छ ।
साथै घटनामा प्रयोग भएको बोलेरो गाडी सहीत मृतकका श्रीमान र देवलाई नियन्त्रमा राखी थप अनुसन्धान भैरहेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता दिपक गिरीले बताउनु भयो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.