परिवर्तन नेपाल फाउन्डेसन कि स्दस्य नितु यादव महिला चेन्ज मेकर अवार्डबाट सम्मानित

वीरगञ्ज । अहिलेका युवा युवतीहरु मात्र टिक टक लगायत विभिन्न समाजिक संजालको चपेटामा पर्दै आएको समयमा नितु यादव नाम गरेकि एक १६ वर्षीय युवती सम्पुर्ण युवा युवतीहरुको लागि प्रेरणाको पात्र बनेकि छिन ।

वीरगञ्ज स्थित परिवर्तन नेपाल फाउन्डेसन संस्थामा आबद्ध भई समाजिक कार्यमा २४ सै घण्टा सकृय रहने र महिलाहरु प्रतिको सोचलाई बदिलिने माध्यमले महिला सशक्तीकरणमा अहम भुमिका निर्वाह गर्ने नितु यादव सम्मानित भएकी छन।

आइतबार भारतको तमिल्नाडुमा आयोजित ओ मेन आइकोन २०२२ मा नेपालकी प्रतिनिधित्व गर्दै महिला चेन्ज मेकर अवार्ड २०२२ बाट सम्मानित भएकी हुन ।

परिवर्तन नेपाल फाउन्डेसन यस्तै प्रतिभासाली युवाहरुको द्वारा संचालित संस्था हो । त्यही संस्थामा नितु यादव पनि आवद्ध रहेकी छन।

सानो उमेरमा अन्तरास्ट्रिय स्तरमै नेपालको नाम चिनाउने नितु यादवको घर पर्सा जिल्ला अन्तर्गत वीरगञ्ज महानगरपलिका वडा- २२ रहेको छ । १६ वर्षकी नितु यादव अहिले जि एच पि मा कक्षा १० मा अध्यनरत रहेकि छिन । सानै उमेर देखि खेलकुद तथा समाज सेवा गर्ने नितुले लगभग ४ वर्ष देखि समाजमा निरन्तर काम गर्दै आएकी छ्न। आउने दिनको लागि परिवर्तन नेपाल फाउन्डेसनले नितु यादव लाई शुभकामना साथ अझै प्रगतिको कामणा गरेको गरेको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.