वीरगञ्ज । परिवर्तन नेपाल फाउन्डेसन द्वारा बडा दशैं महाअष्ठमी को शुभ उपलक्ष्यमा सोमबार श्रद्धालुहरुलाई प्रसाद वितरण गरिएको छ।
हिन्दुहरुको आस्थाको केन्द्र गहवामाई दर्शनका लागि आएका भक्तजनहरु धेरै जस्तोले प्रसाद ग्रहण गर्न सक्दैन्न कति श्रद्धालुहरु अशक्त भएकै कारण भीडभाडमा माताको दर्शन पनि गर्न पाउदैन्न, त्यसैले प्रसाद बनाई गहवामाईको दर्शनका लागि दुरदराजबाट आएका भक्तजनहरुका लागि प्रसाद वितरण गरेको आयोजक संस्थाले जनाएको छ।
प्रसाद वितरण कार्यक्रममा परिवर्तन नेपाल फाउन्डेसन संस्थाका सदस्य लगायतका संस्थाको पदाधिकारीहरुको विशेष उपस्तिथिमा प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिएको थियो।
यसता कार्यक्रम निरन्तर रुपमा अगामी दिनहरुमा पनि गर्ने संस्थाका सचिव विशेष साहले जानकारी दिदै सहयोगी सम्पुर्ण सदस्य लगायत सहयोग हाथीहरू धन्यवाद दिएका थिए।