पर्सा । नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीचको पहिलो टी–२० वर्षाका कारण रद्द भएको छ ।
यी दुई टोलीले दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल हुने तालिका थियो । तर, पानीले मैदान भिजेकाले आजको खेल टससमेत हुन नपाइ रद्द भएको हो ।
पहिलो खेल रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले फेरि नयाँ तालिका सार्वजनिक गर्ने तयारी गरेको । पूर्वनिर्धारित तालिकाअनुसार शृङ्खलाअन्तर्गत नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ ले दोस्रो खेल भोलि (शुक्रबार) खेल्ने तालिका छ ।