नेपालले आज बहराइनसँग खेल्दै

पर्सा । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले आज बहराइनसँग खेल्दैछ । नेपाल र बहराइनबीचको खेल ७ः१५ देखि सुरु हुने तालिका छ ।

नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा  इरानलाई २ सय ७४ रनले हराएको थियो ।

बहराइन पहिलो जितको खोजीमा छ । ऊ पहिलो खेलमा साउदी अरेबियाविरुद्ध पराजित भएको थियो । समूह चरणका तीनै खेल जितेर नकआउट चरणमा पुग्ने र उपाधि उचाल्ने नेपालको लक्ष्य छ । प्रिमियर र एसिया कप नेपाली टिमका लागि विश्वकपको राम्रो तयारी हुनेछ । प्रिमियर कपमा नेपालले सेमिफाइनल र फाइनलमा यूएई, हङकङ, मलेसिया र कुवेतलाई प्रतिद्वन्द्वी पाउने सम्भावना छ ।

समूह ‘ए’ मा रहेको नेपालले ग्रुप स्टेजमा इरान, बहराइनका साथै साउदी अरेबियासँग खेल्ने तालिका छ । चार समूहका शीर्ष टोलीले सेमिफाइनलको यात्रा गर्नेछन् ।

 

फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरी तीन टिम एसिया कप खेल्नेछन् । भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका भने यू–१९ एसिया कपमा सोझै छनोट भइसकेका छन् । यू–१९ विश्वकप अघि एसिया कप हुन लागेको हो ।

विश्वकप २०२४ को जनवरीमा श्रीलंकामा हुनेछ । विश्वकपमा नेपालले समूह चरणमा पाकिस्तान, न्यूजिल्याण्ड र अफगानिस्तानको सामना गर्नेछ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.