नेदरल्याण्ड्सले नेपाललाई पहिले ब्याटिङ गर्ने निम्तो दियो

पर्सा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सले नेपाललाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको छ। टियू क्रिकेट मैदानमा गरेको टस जितेर नेदरल्याण्ड्सले बलिङ रोजेको छ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ। आजको खेलमा नेपाली टिममा दुई खेलाडीको परिवर्तन गरिएको छ । देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झाले खेल्दैछन्।

जारी सिरिजमा नेपालले नामिबियासँग दुई खेल खेल्दा दुवै खेलमा पराजय भोग्दा नेदरल्याण्ड्सलाई भने एक खेलमा पराजित गरेको थियो । नेदरल्याण्ड्सले एक खेलमा नामबियालाई जित्दा अरु खेलमा भने पराजित भएको थियो।

आजको खेलमा नेदरल्याण्ड्स नेपालविरुद्ध जित निकाल्दै पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज अन्त्य गर्ने लक्ष्यमा मैदान प्रवेश गर्दा नेपाल भने नेदरल्याण्ड्सविरुद्ध लगातार दोस्रो जितको खोजिमा हुने छ।

नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म चार वटा एक दिवसीय क्रिकेट भएका छन्। जसमा दुवै टिमले समान दुई ÷दुई जित निकालेका छन्।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.