देशलाई आवश्यकता परे आफ्नो दल सरकारमा सहभागी हुने: सभापति लामिछाने

रौतहटको चन्द्रनिगाहपुरमा शनिबार सञ्चारकर्मीसँगको भेटमा उनले सरकारमा सहभागी हुने विषय परिस्थितिमा भरपर्ने बताएका हुन् ।

रास्वपा अहिले सदनमा प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै लामिछानेले अहिले आफ्नो जिम्मेवारी र भूमिका असाध्यै धेरै रहेको बताए ।

अर्थतन्त्र चलायमान बनाउने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार दलहरूका नेता र निजी क्षेत्रका अगुवासहितको बैठक गरेका थिए । लामिछानेले सञ्चारकर्मीसँग उक्त बैठकप्रति असन्तुष्टि व्यक्त गरे । सर्वदलीय बैठकमा यो दलबाट यो आयो भनेर संख्या गन्ने मात्र काम भएको उनले बताए ।

अर्थतन्त्र बलियो हुने आधारको खोजी नगरिएकाले खाली देखावटीरूपमा बैठक बोलाइएको उनको टिप्पणी छ । रास्वपामा देश र मधेसको भविष्य फेर्न तयारीको साथ मधेसमा आएको दाबी उनले गरे । वर्षौँदेखि विभेदमा परेको मधेसमा विशेष तयारी गरी आफू एक हप्ताको कार्यक्रमअन्तर्गत आएको बताउँदै लामिछानेले मधेसमै पार्टीको विशेष बैठक पनि राखेको जानकारी दिए ।



उनले काठमाडौंमा भइरहेको प्रदर्शनसँग सरकार डराउनु लज्जास्पद रहेको टिप्पणी गरे । धेरै दलहरू मिलेर बनेको शक्तिशाली सरकार आन्दोलनसँग डराउँदै धरपकडमा उत्रिएको घटना लज्जास्पद भएको उनले बताए ।

स्वतन्त्ररूपमा हिँडेका नागरिकलाई समाउँदै थुनेको घटना लोकतन्त्रको विशेषताविरुद्ध रहेको बताउँदै लामिछानेले भने, ‘लोकतन्त्रमा प्रदर्शन र विरोध गर्न पाउने जनताको अधिकार हो ।’

आफू दुर्गा प्रसाईको समर्थक वा प्रशंसक नभएको पनि उनले स्पष्ट पारे । पत्रकार भेटघाटपछि लामिछानेले चन्द्रपुर–३ स्थित चाँदी नदीमा निर्माणाधीन पुलको निरीक्षण गरेका छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.