दलित अभियानका संयोजक खगेन्द्र सुनार पक्राउ

पर्सा । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमबार संसद भवनको निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

‘निषेधित क्षेत्रमा प्रवेश गर्न थालेपछि नियन्त्रणमा लिएका हौं,’ एसपी बोहोराले भने। सुनार गृहमन्त्री रमेश लेखकमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका छन्।

अन्तरजातीय विवाह गरेका दलित युवामाथि अत्याचार गरेको आरोपमा गृहमन्त्री लेखकमाथि कारबाहीको माग गर्दै आएका छन्।

सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको प्रेमविवाहमा गृहमन्त्री लेखकको निर्देशनमा छुटाउन खोजिएको आरोप छ।

कानुनी रूपमा योग्य मानिएको विवाहलाई जातीय विभेद गर्दै छुट्टाउन भूमिका खेलेको समाचार बाहिरिएको थियो। त्योसँग दलित अभियान्ताहरूले गृहमन्त्री लेखकको राजीनामा माग्दै सडकमा प्रदर्शन गरिरहेका छन्।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.